अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उप-समिति गठन « Khabarhub

अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उप-समिति गठन


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन  सदस्यीय उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो । 

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ ।

यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ४२ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।