अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उप-समिति गठन | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उप-समिति गठन


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन  सदस्यीय उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो । 

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ ।

यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ४२ बजे

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न

बागलुङमा चङ्गा चेट

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा

दशैँका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

भैरहवा– नेपाल राष्ट्र बैंकले हिन्दुहरूको महान पर्व दशैं, तिहार छठ