फिल्म ‘बम बहादुर’ र ‘ह्रस्व दीर्घ’बीच हलमा प्रतिस्पर्धा हुने पक्का « Khabarhub

फिल्म ‘बम बहादुर’ र ‘ह्रस्व दीर्घ’बीच हलमा प्रतिस्पर्धा हुने पक्का


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका एक मात्र स्टार सौगातलाई विशेष स्थान दिइएको छ । पोस्टरको पृष्ठभूमिमा रहेका उनले फिल्ममा लडाकुको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।

निर्देशक जोन राईका अनुसार फिल्म सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रणमा तयार भएको छ । बमबहादुरको जीवनमा चार दशक पहिले भएका घटनाहरुले वर्तमानमा पारेको प्रभावमा आधारित कथामा फिल्म बनेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्‍याउँछ । उसका सुन्दर पलहरू एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्। चलचित्र वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ ।’

फिल्ममा सौगातसहित शान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेललगायत अभिनय छ । निर्देशक राई र रुपेश तामाङ मिलेर यो फिल्म लेखेका हुन् । निर्माता सञ्जीव सार्की हुन्।

यससँगै ‘बम बहादुर’ले हलमा ज्योतिषी एवम् नायक हरिहर अधिकारी र नायिका नीता ढुङ्गानाको शीर्ष भूमिका रहने फिल्म ‘ह्रस्व दीर्घ’सँग प्रतिस्पर्धा हुने पक्का भएको छ । एक साताअघि मात्रै ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरेफेर गरी कात्तिक ३० लाई तय गरिएको थियो ।

चर्चित भारतीय कलाकार ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनील बर्मालगायतको अभिनय रहेकाले निर्माण घोषणादेखि नै ‘ह्रस्व दीर्घ’ चर्चामा छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : २८ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको