फिल्म ‘बम बहादुर’ र ‘ह्रस्व दीर्घ’बीच हलमा प्रतिस्पर्धा हुने पक्का | Khabarhub Khabarhub

फिल्म ‘बम बहादुर’ र ‘ह्रस्व दीर्घ’बीच हलमा प्रतिस्पर्धा हुने पक्का


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका एक मात्र स्टार सौगातलाई विशेष स्थान दिइएको छ । पोस्टरको पृष्ठभूमिमा रहेका उनले फिल्ममा लडाकुको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।

निर्देशक जोन राईका अनुसार फिल्म सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रणमा तयार भएको छ । बमबहादुरको जीवनमा चार दशक पहिले भएका घटनाहरुले वर्तमानमा पारेको प्रभावमा आधारित कथामा फिल्म बनेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्‍याउँछ । उसका सुन्दर पलहरू एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्। चलचित्र वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ ।’

फिल्ममा सौगातसहित शान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेललगायत अभिनय छ । निर्देशक राई र रुपेश तामाङ मिलेर यो फिल्म लेखेका हुन् । निर्माता सञ्जीव सार्की हुन्।

यससँगै ‘बम बहादुर’ले हलमा ज्योतिषी एवम् नायक हरिहर अधिकारी र नायिका नीता ढुङ्गानाको शीर्ष भूमिका रहने फिल्म ‘ह्रस्व दीर्घ’सँग प्रतिस्पर्धा हुने पक्का भएको छ । एक साताअघि मात्रै ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरेफेर गरी कात्तिक ३० लाई तय गरिएको थियो ।

चर्चित भारतीय कलाकार ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनील बर्मालगायतको अभिनय रहेकाले निर्माण घोषणादेखि नै ‘ह्रस्व दीर्घ’ चर्चामा छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : २८ बजे

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट

तोलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने