कमल थापाले ल्याए किताब ‘नाकाबन्दी र कुटनीति’ , ओलीद्वारा लोकार्पण | Khabarhub Khabarhub

कमल थापाले ल्याए किताब ‘नाकाबन्दी र कुटनीति’ , ओलीद्वारा लोकार्पण


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तकको आइतबार काठमाडौंमा लोकार्पण गरेका छन् ।

उक्त पुस्तकलाई ६ खण्डमा बाँडिएको लेखक थापाले बताएका छन् । परराष्ट्र मामिला र कूटनीतिकक घटनाक्रम समावेश उक्त पुस्तकमा थापाका अनुभव समेटिएका छन् ।

पुस्तकमा एकीकृत महाकाली सन्धि र २०७२ असोजमा नेपालको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा आफूले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोका अनुभूति अभिव्यक्त गरिएको उनले बताएका छन् ।

थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन् ।

नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको बताएका छन् । लामो रुपमा विषयवस्तु नतन्काएको पनि उनले बताए ।

नेपाल-भारत सीमा समस्या, चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखसँगको भेट  लगायत विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले बताए ।

उक्त पुस्तक आत्मकथा नभएको थापाले स्पष्ट पारे । मुलुकको भूराजनीति, सुरक्षा एवम् सामरिक मामिलामा नेपाल-भारत अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादबाट समाधान हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए ।

लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री भएका थिए ।

थापाले यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक ल्याइसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ०३ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै