पेशावरका ९ हजार प्रहरीमध्ये आधा भीआईपीको सुरक्षामा, बाँकीलाई ५० लाख जनताको जिम्मा « Khabarhub

पेशावरका ९ हजार प्रहरीमध्ये आधा भीआईपीको सुरक्षामा, बाँकीलाई ५० लाख जनताको जिम्मा


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको पेशावर शहर सुरक्षाको दृष्टिले निकै जोखिमपूर्ण र संवेदनशील मानिन्छ । लडाकु समूहको बाक्लो उपस्थिति रहेको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा हिंसात्मक अपराधका घटना पनि बारम्बार दोहोरिने गरेको छ ।

तर, यो पेशावर शहरका आधाजति प्रहरी उच्च पदस्थ व्यक्तिको सुरक्षामा मात्रै खटिने गरेको पाइएको छ ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार पेशावर शहरका ३५ चौकीमा कुल ९ हजार प्रहरी तैनाथ छन् ।

तीमध्ये आधा अर्थात् ४५ सय जना त अतिविशिष्ट, विशिष्ट व्यक्ति, जनप्रतिनिधि, संवेदनशील भवन र विदेशी नियोग र सरकारी भवनको सुरक्षामा मात्रै तैनाथ हुने गरेका छन् । बाँकी ४५ सयजना प्रहरीले ५० लाख जनताको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको ट्रिब्युनले जनाएको छ । फलस्वरुप शहरमा अपराधका घटना पनि बढ्दै गएको पाइएको छ ।

पछिल्लो समय शहरमा हरेक साता दिनदहाडै चोरीका १४० देखि १७५ वटा घटना दर्ता हुने गरेको छ । त्यसबाहेक यो वर्षमात्रै शहरमा ३ सय ३८ जनाको हत्या भइसकेको छ । ५१ जनालाई अपहरण गरिएको वा बेपत्ता पारिएको छ ।

सुरक्षा अधिकारीले भने उच्च पदस्थ व्यक्ति तथा संवेदनशील भवनको सुरक्षाका लागि छुट्टै सुरक्षा एकाइ बनाउने योजनाअघि सारिएको बताएका छन् । यसबाट प्रहरीमाथिको दबाब केही कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  १० : ५६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री