फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरू « Khabarhub

फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरू


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु भएको छ । भदौ १० गते कृष्ण जन्माष्टमीको अवसर पारेर बालाजुस्थित एनएफडीसी ल्याबबाट छायांकन सुरु गरिएको हो ।

सिनेमाकी निर्देशक कृषा चौलागाईंका अनुसार सौगात मल्ल र प्रदीप खड्काको अंशबाट छायांकन सुरु गरिएको हो ।

निर्देशक कृषाको अनुसार अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा छायांकनमा सहभागी छैनन् । अनुप अमेरिकाबाट फर्केपछि र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि छायांकनमा जोडिने उनको भनाइ छ । हाल फिल्मका अन्य कलाकार छायांकनमा छन् ।

उनका अनुसार केही दिनमा काठमाडौंको छायांकन गरी बाँकीका लागि नवलपरासी जाने तालिका छ ।

सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमै गरिएको थियो । पहिलो चरणमा १० दिन छायांकन भएको हो ।

यो फिल्ममा कलाकारहरूको बलियो ‘लाइअप’ छ । फिल्ममा सौगात र प्रदीपसहित दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको अभिनय रहने छ ।

सिनेमामा अभिनेता आर्यन सिग्देल पनि विशेष भुमिकामा देखिने बताइएको छ । प्रदीप भारद्धाजले यो फिल्म लेखेका हुन् । कृषाको निर्देशन रहने यो दोस्रो फिल्म हो र। उनले यसअघि ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

यस फिल्म निर्माणमा केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको छ । सिनेमाको निर्मातामा विशाल चौलागाईं हुन् । फिल्मको बजेट ५ करोड हुने निर्माण पक्षको अनुमान छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ४४ बजे

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम