१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि « Khabarhub

१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेको छ । आज नेप्सेमा भारी गिरावट आएसँगै २० कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो ।

आज नेप्से ३.८६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भयो । नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो ।

आज १३ वटा समूहमध्ये होलट एण्ड टुरिजम समूहबाहेक अन्य १२ वटा समूह राताम्य भयो । आज होलट एण्ड टुरिजम समूह ०.४३ प्रतिशतले बढेर ७२८१.२७ विन्दुमा पुग्यो ।

त्यस्तै वाणिज्य बैंक ४.९२ प्रतिशतले, विकास बैंक ४.१८, फाइनान्स ४.६९ प्रतिशत, हाइड्रो ३.९६ प्रतिशत, इन्भेष्टमेन्ट ४.१३ प्रतिशत, जिवन बीमा ३.६५ प्रतिशत, उत्पादन २.९३ प्रतिशत, लघुवित्त २.९६ प्रतिशत, म्यूचअल फण्ड १.०९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत र अन्य समूह ३.८५ प्रतिशतले घट्यो ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप एक कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । थप ६ वटा कम्पनीको शेयर मूल्यमा भने ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : १९ बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा