दुई वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : उद्योगमन्त्री भण्डारी « Khabarhub

दुई वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : उद्योगमन्त्री भण्डारी


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा सरकार अन्त्यता संवेदनशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री भण्डारीले आजको नेपालको अर्थतन्त्र, जिडिपीको तहको सुचकांकका आधारमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चुनौती रहेको भए पनि यसमा सरकार अन्त्यता संवेदनशील र गम्भीर रहेको बताएका हुन्  ।

नेपाललाई अतिकम विकसित मुलुकमा नै रहँदा त्यसले सबै क्षेत्रमा पार्न सक्ने प्रभावका बारेमा स्वयं प्रधानमन्त्री पनि गम्भीर रहेको उनले बताए ।

उनले मुलुकको अर्थतन्त्रमा उद्योगको योगदान ४–५ प्रतिशतमा सीमित गरेको र यसका कारण जिडिपी बढ्न नसकेको उल्लेख गरे । यस्तो अवस्थामा लगानीको वातावरण बनाउँदै अधिकतम लगानी भित्राउन सक्नुपर्ने उनले बताए ।

कृषि दशकको रूपमा सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ५ : ०३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री