प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह « Khabarhub

प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको छ । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको हो ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको अवस्थामा मात्रै ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।

‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरे छ ।

दूतावासले हालै ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरू रोकिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका छन् र आवश्यकता अनुसार निजहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ६ : ४६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री