एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू) « Khabarhub

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ‘मिनी महाधिवेशन’  जारी छ। दशौँ महाधिवेशन असारमै सकिएको अवस्थामा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि अहिले चुनाव भइरहेको छ ।

गत असार १६-२० मै दशौँ महाधिवेशन सकेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुँदैछ । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएकाले १७ पदाधिकारीका लागि धमाधम मतदान भइरहेको छ ।

असारमा भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।

१७ पदाधिकारी र १ सय ५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।

समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ०७ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको