प्रहरीमा ३० वर्षे सेवाअवधि रोक्ने आदेशविरुद्ध भ्याकेट निवेदन « Khabarhub

प्रहरीमा ३० वर्षे सेवाअवधि रोक्ने आदेशविरुद्ध भ्याकेट निवेदन


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको ३० वर्षे सेवाअवधि लागु नगर्नू भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध गृह मन्त्रालयले मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।

गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले बताए ।

मुलुकको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने निकायमा कार्यरत प्रहरी कर्मचारीको सेवा, शर्तसम्बन्धी कानून बनाउने जारी गर्ने विधायिकी अधिकार र विधायिकाले दिएको अधिकार अनुसार कार्यपालिकाबाट भइ आएको कानून बमोजिमको कामलाई बिनाकानूनी आधार एकतर्फी सुनुवाइबाट जारी भएको अन्तिरम आदेश रद्द गर्न भ्योकट निवेदन दर्ता गरिएको कानून महाशाखाका प्रमुख रिजालले बताए ।

प्रहरीको ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए ।

भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार  सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

त्यही प्रकारको दाबीसहित सर्वोच्च पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ५० बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।