हेर्ने कथा प्रभाव : प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल « Khabarhub

हेर्ने कथा प्रभाव : प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् ।

पत्रकार विद्या चापागाइँले तयार पारेको ‘हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशलाई तत्कालका लागि नागरिकताको आवश्यकता देखिएकाले दुई–चार दिनमै नागरिकता दिलाउन सहजीकरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने हुन्छ ।’

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्तिपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ५५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी