सम्भवतः आज प्रारम्भिक न्याय पाउने आशामा रवि, यस्तो छ निकिताले लेखेको स्टाटस « Khabarhub

सम्भवतः आज प्रारम्भिक न्याय पाउने आशामा रवि, यस्तो छ निकिताले लेखेको स्टाटस


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि दोस्रो पटक थपिएको ५ दिनको म्याद सकिएसँगै आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

अनुसन्धानका लागि थुनामा रहेका रविसहितका तीन जनालाई अदालत पेश गरिनेछ ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

शालिकराम पुडासैनीले आत्मह-त्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्मह-त्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

रविले आज प्रारम्भिक न्याय पाउने बताएका छन् । रवि पत्नी निकताको फेसबुकमा यस्तो लेखिएको छ-

प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : २५ बजे

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा