सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध « Khabarhub

सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सुक्खा पहिरोले महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भएको छ ।

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन् । पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ ।

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुङ्गा फुटाउन ढुङ्गा फुटाउने स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ०३ बजे

नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई हटाउन

सञ्चालनमा आयो टंगालको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ ।

भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्लेषक भरत दाहालको

देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार

ओलीको आरोप- एमालेमाथि सबैभन्दा बढी हमला भयो, घर र सम्पत्ति जलाएर हामीलाई सुकुम्वासी बनाए

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सबैभन्दा बढी