सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध « Khabarhub

सुख्खा पहिरोले महाकाली लोकमार्ग अवरुद्ध


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सुक्खा पहिरोले महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भएको छ ।

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं जाने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन् । पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ ।

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याए पनि ठूलो ढुङ्गा फुटाउन ढुङ्गा फुटाउने स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ०३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा