‘नेपालमै चाहेजस्तो शिक्षा दिएर विदेशिएका विद्यार्थी फर्काउन सकिन्छ’ « Khabarhub

‘नेपालमै चाहेजस्तो शिक्षा दिएर विदेशिएका विद्यार्थी फर्काउन सकिन्छ’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रित गरेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताइन् ।

शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले बताइन् । उनले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राखिन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएकोसमेत जानकारी दिइन् । भट्टराईले नेपालमै चाहेको जस्तो शिक्षा लिने वातावरण बनाउँदै विदेशिका विद्यार्थी फर्काउन पहल गरिने बताइन् ।

त्यस्तै विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि उनको भनाइ छ ।

मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको, समकक्षता प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ३७ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य