‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन | Khabarhub Khabarhub

‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोहोरी चलेको छ ।

प्रतिनिधिसभामा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि विवाद भएको हो ।

‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए पहिले नै विद्युतमा आत्मनिर्भर हुन्थ्यो । विद्युत् उत्पादन गर्न गएका व्यवसायीलाई माओवादीले चन्दा आतंक मच्चायो, लखेट्यो’, उनले भने, ‘यदि त्यसो नभएको भए २०७५ सालमा होइन २०६२ सालमै नेपाल लोडसेडिङमुक्त हुन्थ्यो ।’

योगेशले माओवादी जनयुद्धलाई एमालेले हिंसाकै रुपमा लिएको बताए । माओवादी सांसदहरू उठेर विरोध जनाएपछि उनले अर्कालाई बोल्न नदिनु पनि हिंसा नै भएको टिप्पणी गरे ।

‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईं (माओवादी) हरूले धम्की दिएर कोही पनि डराउँदैन’, उनले भने, ‘लोकतन्त्रमा हिंसा गर्न पाइँदैन । अर्कालाई बोल्न नदिनु हिंसा हो । जनयुद्धलाई हामी हिंसा नै भन्छौँ ।’

भट्टराईको उक्त भनाइलाई लिएर माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले हिंसा शब्दलाई लिएर नियमापत्ति गर्दै त्यसरी संसद्‍मा बोल्न नपाइने बताए ।

विवाद बढ्दै जाँदा माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई कहीँ कतै पनि हिंसा नभएको बताए । उनले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरे।

त्यसपछि सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई लिएर आफूले यसअघि नै निर्देशन दिइसकेको बताएका छन् ।

तर एमाले सांसद भट्टराईले हिंसा भन्ने शब्द असंसदीय नभएको बताउँदै जनयुद्धमा हिंसा भएकै जिकिर गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ५१ बजे

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिन

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)