‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन « Khabarhub

‘हिंसा’ शब्दलाई लिएर संसद्‍मा एमाले-माओवादी भनाभन


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोहोरी चलेको छ ।

प्रतिनिधिसभामा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि विवाद भएको हो ।

‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए पहिले नै विद्युतमा आत्मनिर्भर हुन्थ्यो । विद्युत् उत्पादन गर्न गएका व्यवसायीलाई माओवादीले चन्दा आतंक मच्चायो, लखेट्यो’, उनले भने, ‘यदि त्यसो नभएको भए २०७५ सालमा होइन २०६२ सालमै नेपाल लोडसेडिङमुक्त हुन्थ्यो ।’

योगेशले माओवादी जनयुद्धलाई एमालेले हिंसाकै रुपमा लिएको बताए । माओवादी सांसदहरू उठेर विरोध जनाएपछि उनले अर्कालाई बोल्न नदिनु पनि हिंसा नै भएको टिप्पणी गरे ।

‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईं (माओवादी) हरूले धम्की दिएर कोही पनि डराउँदैन’, उनले भने, ‘लोकतन्त्रमा हिंसा गर्न पाइँदैन । अर्कालाई बोल्न नदिनु हिंसा हो । जनयुद्धलाई हामी हिंसा नै भन्छौँ ।’

भट्टराईको उक्त भनाइलाई लिएर माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले हिंसा शब्दलाई लिएर नियमापत्ति गर्दै त्यसरी संसद्‍मा बोल्न नपाइने बताए ।

विवाद बढ्दै जाँदा माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई कहीँ कतै पनि हिंसा नभएको बताए । उनले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरे।

त्यसपछि सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई लिएर आफूले यसअघि नै निर्देशन दिइसकेको बताएका छन् ।

तर एमाले सांसद भट्टराईले हिंसा भन्ने शब्द असंसदीय नभएको बताउँदै जनयुद्धमा हिंसा भएकै जिकिर गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ५१ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न