अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याएको भन्दै सांसद श्रेष्ठले उठाइन् प्रश्न « Khabarhub

अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याएको भन्दै सांसद श्रेष्ठले उठाइन् प्रश्न


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।

मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।

उनले भनिन्- ‘विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्त्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।’

सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ४५ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका