टुँडिखेलमा ओलीविरुद्ध नारा लगाएपछि वाईसीएल नेताले फेसबुकमा सजाए बालेनको फोटो ! « Khabarhub

टुँडिखेलमा ओलीविरुद्ध नारा लगाएपछि वाईसीएल नेताले फेसबुकमा सजाए बालेनको फोटो !


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टुँडिखेलमा यही सोमबार आयोजित गौरा पर्वको शुभकामना कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेका एक जना नेकपा माओवादी केन्द्रनिकट वाईसीएल कार्यकर्ता रहेको खुलेको छ ।

प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंशा)ले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दसहित नारा गर्ने समूहको नेतृत्व गरेका ती वाईसीएल नेतालाई प्रहरीले हिरासतमा लिइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध पनि त्यस दिन नाराबाजी भएको थियो ।

प्रहरीले उक्त प्रकरणमा सुदूरपश्चिमको पर्व मनाउन आयोजित कार्यक्रम बिथोल्न खोजेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैशी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ती दुवै जना युवालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

टुँडिखेलको गौरा पर्व कार्यक्रममा प्रमुख अतिथि ओली र विशिष्ट अतिथि देउवाविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई चोरको संज्ञा दिँदै देश छोड्न पनि चेतावनी दिएका थिए ।

दुवै नेताविरुद्ध ‘मुर्दावाद’सहित आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आपत्तिजनक नारासहित विरोध गरिएपछि दुवै नेताले त्यस दिन छोटो भाषण गरे । देउवाले त मञ्चबाटै नाराबाजी गर्नेलाई अराजकको संज्ञा दिएर आक्रोश पनि पोखे । ओलीले भने युवाहरूमा संस्कृति विरोधी गतिविधि बढेको गुनासो मात्रै गरे ।

त्यस दिन आपत्तिजनक नारासहित विरोधमा उत्रिएका युवालाई उनै गोपीकृष्ण जैशीले नेतृत्व गरेको प्रहरीले जनाएको छ । सबैभन्दा अगाडि रहेका उनले त्यहीँ युट्युबरलाई बाइट दिँदै यस्ता नेतालाई देशबाट लखेट्ने पनि बताएका थिए ।

उनी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट वाइसीएल कार्यकर्ता रहेका खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकारीले त्यस दिन दुई नेता सहभागी कार्यक्रम नै बिथोल्ने योजना उनीहरूले बनाएको बताए ।

ओली र देउवाविरुद्ध आपत्तिजनक नारासहित हुलहुज्जतमा सहभागी जैसीले त्यसपछि अनौठो हर्कत गरेको खुलेको छ । ओली र देउवाविरुद्ध नाराबाजी गर्नुअघिसम्म उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको फोटो फेसबुकमा रंग्याएका थिए । जहाँ उनले माओवादीका पूर्वघटकहरू सबै मिल्नुपर्नेसहितका विचार राख्दै आएका थिए ।

तर सोमबार ओली र देउवाविरुद्ध चर्को नारा लगाएपछि जैसीले आफ्नो फेसबुक कभरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको फोटो राखेका छन् । उनले बालेनको फोटो राखिसकेपछि अनौठो तर्क पनि गरेका छन् । जैशीले कुनै बेला बालेन माओवादी कार्यकर्ता नै रहेको जिकिर पनि गरेका छन् ।

तर टुँडिखेलमा दुई सत्तारुढ नेताको चर्को विरोध गर्नुअघि उनले माओवादी उपाध्यक्ष पम्फा भुसालसँगको फोटो कभरमा सजाएका थिए । उनले आफूलाई माओवादी कार्यकर्ताका रूपमा चिनाउँदै विभिन्न विचार र फोटो राख्दै आएको भेटिएको छ ।

जोशीले ‘सबै टुटफुट माओवादी एक हुने बेला आएको छ’ भन्ने सन्देशसहित माओवादी अध्यक्ष प्रचण्ड, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, डाक्टर बाबुराम भट्टराई र धर्मेन्द्र बाँस्तोलाको फोटोसमेत फेसबुकमा राखेका भेटिएको ।

उनै जैसीले गौरा कार्यक्रममा नाराबाजीपछि काठमाडौं महानगरपालिकाका मेयरलाई समर्थन गर्दे उनकै फोटो राखेका छन् । जहाँ उनले अब नयाँ विकल्प चाहिएको भन्दै कमेन्टमा जवाफ पनि दिएका छन् ।

सोमबार नै जैशीले आफ्नो फेसबुक पेजबाट लाइभसमेत गरेको प्रहरीले भेट्टाएको छ । ओली र देउवाको विरोध गरिएको ठाउँबाटै उनले ‘बालेन साह हाईहाई’ जस्ता नारा लगाएको भिडियो पनि भेटिएको हो ।

यो भिडियोका आधारमा माओवादी कार्यकर्ता जैसीले गौराको कार्यक्रम बिथोल्ने नाममा बालेन्द्र साहलाई बदनाम गर्ने कोसिस भएको निष्कर्ष निकालेको छ । तर यसबारेमा मेयर बालेन्द्रको तर्फबाट केही धारणा आएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ४ : ४१ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री