नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे  « Khabarhub

नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे 


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –नेप्से)को प्रांगणमा बडेमानको साँढे ठडिँने भएको छ । शेयर बजारमा बुल –बढेको बजार)लाई साँढेले र बियर (घटेको बजार)लाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्रांगणमा बन्ने भएको हो ।

उक्त साँढेको ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको साँढे नेप्सेको भवनमा ठडिन्दैछ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार साँढेको मुक्ती पूर्ण रुपमा दशैँ अगाडिसम्ममा ठडिने बताउँछन् । ‘अहिले साँढे ठडिने क्रम जारी छ’, पराजुलीले खबरहबसँग भने, ‘दशैँ अगाडिसम्ममा पुरै फिनिसिङ हुन्छ ।’

उक्त साँढे ६०० केजी धलोट (पहेँलो देखिने धातु) को बन्दै गरेको पराजुलीले बताए । ‘यसको(साँढे) हामीले ६०० केजीको ठेक्का दिएको हो’, पराजुलीले भने, ‘तर यो १२ सय केजीको जति बनेको हुनसक्ने हाम्रो अनुमान छ ।’

साँढे सहित नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाईहुने इलोट्रिसिटिको सामान र ज्यानेरेटर लगायतको काम गरेर १ करोड ४८ लाखमा ठेक्का लागेको हो । साँढे पनि तेही अन्तरगत परेकाले १ करोड ४८ लाख भित्रै उक्त काम परेको पराजुलीले जानकारी दिए ।

अहिले नेप्से अगाडिको साढे ठडाउने काम ललितपुरका कालिगणले गरिरहेका छन् । त्यहाँ काम गर्ने कालिगणका अनुसार साँढेको ७० प्रतिशत काम सम्पन्न भएको छ । काम अगाडि नै सकिनु पर्ने भए पनि साँढे बनाउने काम निकै कठिन भएकाले त्यो काम पुरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए ।

‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगणले भने, ‘पुरै साँढेको पिस, जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरेपछि फिनिसिङ गरेपछि काम पुरा हुन्छ ।’

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब