घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेश बन्यो च्याम्पियन (तस्बिरहरू) « Khabarhub

घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेश बन्यो च्याम्पियन (तस्बिरहरू)


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु टोली नेपाललाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १–१ गोल गरे ।

नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए । खेलको पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले अग्रता लिएको थियो ।

मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । त्यस्तै मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे ।

८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गरे । दोश्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे ।

च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी थिए । यससँगै बंगलादेशले समूह चरणमा भोगेको हारको बदला पनि लिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु