सर्वोच्चले सुनाउन सकेन अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला « Khabarhub

सर्वोच्चले सुनाउन सकेन अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला

१२ वर्षअघिको मुद्दामा चौथो पटकलाई सारियो निर्णय सुनाउने मिति


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।

सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले फैसला सुनाउने अपेक्षाविपरीत अन्तिम निर्णय फेरि पछि धकेलिएको हो ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको हत्या प्रकरणमा सापकोटालाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो ।

त्यसबेला काभ्रे माओवादी कमिटीको नेतृत्वमा रहेका सापकोटाको पनि लामाको हत्यामा संलग्नता रहेको भन्दै पीडित परिवारले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै १२ वर्ष पहिले दर्ता भएको रिटमा सर्वोच्चले सुनुवाइ सकेर पनि निर्णय सुनाउन ढिलाइ गरेको हो।

बुधबार फैसला आउने अपेक्षाविपरीत मुद्दालाई संवैधानिक इजलासले पछि धकेलेको हो । सर्वोच्चले सापकोटा जोडिएका तीनैवटा मुद्दाको निर्णय सुनाउने मिति सारेको हो ।

यो मुद्दामा यसअघि नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भइसकेकोछ ।

बुधबार प्रधानन्यायाधीश श्रेष्ठले नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउने भनिए पनि पहिले जस्तै सारिएको हो ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

लामाले पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानविरुद्ध अनुसन्धान मागसहित रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार तेस्रो पटक निसुको मिति तोकिएको थियो। तर अब चौथो पटकलाई निसुको मिति सारिएको हो ।

संवैधानिक इजलासले गत जेठ २३ गते नै सुनुवाइ सकेर निसु तोकिएको मुद्दामा मिति सारेको थियो। यसअघि साउन २३ गते पनि संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको थियो। तर त्यतिबेला पनि निर्णय नसुनाइ भदौ १२ गतेका लागि तोकिएको थियो।

 

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ४७ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु