ममताको चेतावनी- बंगालमा आगो लगाए दिल्ली पनि जल्नेछ, मोदीको कुर्सी हल्लाउँछौँ | Khabarhub Khabarhub

ममताको चेतावनी- बंगालमा आगो लगाए दिल्ली पनि जल्नेछ, मोदीको कुर्सी हल्लाउँछौँ


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

कोलकाता- कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि भएको हत्यालाई लिएर समग्र भातरकै राजनीति गर्माएको छ ।

डाक्टरलाई अस्पतालमै बलात्कारपछि हत्या प्रकरणलाई लिएर भारतीय जनता पार्टीले निरन्तर घेर्ने प्रयासलाई मुख्यमन्त्री ममता बेनर्जीले तोड्ने कोसिस गरिरहेकी छन् ।

यो प्रकरणपछि राजनीतिक दल एक-अर्कालागि आरोप मात्रै लगाइरहेका छैनन्, धाक-धम्कीकै तहमा उत्रिएका छन् ।

भाजपाले गरेको पश्चिमबंगाल बन्द र अनेक आरोपका कारण भड्किएकी मुख्यमन्त्री ममता बनर्जीले चेतावनी दिँदै भनेकी छन्, ‘याद राख, यदि बंगाल जल्यो भने असम, बिहार, झारण्ड, ओडिशा र दिल्ली पनि बाँकी रहने छैन।’

ममता बनर्जीले कोलकाताको एक र्‍यालीमा केन्द्र सरकार र भाजपामाथि निशाना साँधिन् । ‘केही मानिस आफ्नो पार्टीको मद्दतले बंगालमा आगो लगाइरहेका छन् । वातावरण बिथोलिरहेका छन् । याद राख… बंगालमा यदि आगो लगायौ भने असम पनि बँच्ने छैन । बंगाल यदि जल्यो भने असम, बिहार, झारखण्ड, उत्तरप्रदेश, ओडिशा र दिल्ली पनि जल्ने छ । उत्तर-पूर्व चुप बस्ने छैन । उत्तर प्रदेश र बिहार पनि मौन रहने छैन ।’

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमाथि बनर्जीले कडा आरोप लगाइन् । ‘बंगालका गरिबहरू ढाकी, धामसा मादोल, आदिवासी नृत्य, लोक शिल्पी र बाउल (विशेष बाजा) ले रोजगारी गर्छन्। यसबाट उनीहरूको घर चल्छ । तर केन्द्र सरकारले यिनलाई बन्द गरेको थियो, यो हामी हुन दिँदैनौँ । हामी प्रधानमन्त्रीकै कुर्सी हल्लाइदिन तयार छौँ ।’

ममताले बंगाल र बंगलादेशको संस्कृति एक भएको बताइन् । उनले बंगाललाई बंगलादेश सम्झिएर चिढ्याउन खोजेमा, आगो लगाउन खोजेमा पूरै देशमा आगो लाग्न पनि चेतावनी दिइन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ३३ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले