कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात | Khabarhub Khabarhub

कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएर सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले घुसपैठ भएको आशंका गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै बजगाईँले उक्त कार्यक्रममा घुसपैठ गरेर रास्वपाले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाए ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने एकजना वाईसीएल कार्यकर्तासहित दुईजना प्रहरीको हिरासतमा छन् । बुधबार भएको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद हरि ढकालले दुवैलाई रिहा गर्नुपर्ने बताएका थिए ।

‘प्रतिपक्षी (रास्वपा) सांसद साथीहरूले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्नेहरूको रिहाइ माग गर्नुभयो । दलका साथीहरू पनि त्यहाँ देखियो भनेर पत्रिकामा समाचार आएको छ’, उनले भने, ‘गौरा पर्वमा आक्रमण गरेको कि प्रधानमन्त्री र सत्ता साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता बिगार्ने गतिविधि गर्ने दललाई म प्रश्न गर्न चाहन्छु ।’उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १ : ५३ बजे

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली

अन्तिममा बिक्री भए शरद, एनपीएल चितवनबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई

इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं – इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ ।