रविविरुद्ध आजै अभियोगपत्र दायर गर्ने तयारी, आदेश आउन कति दिन लाग्छ ? « Khabarhub

रविविरुद्ध आजै अभियोगपत्र दायर गर्ने तयारी, आदेश आउन कति दिन लाग्छ ?


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोगत पत्र दर्ताको तयारी शुरु गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आइतबार नै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले अहिले फाइल अध्ययन गर्ने काम भइरहेको र आज (आइतबार) नै अभियोग पत्र दर्ता गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

प्रहरीले थप अनुसन्धान आवश्यक भए पुनः म्याद थपका लागि अदालतसमक्ष अनुरोध गर्न सक्छ । अदालतले आवश्यक देखेको खण्डमा पुनः म्याद थप गर्न पनि सक्छ ।

यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने तयारी गरिरहेकाले पुनः म्याद थप हुने संभावना भने कम रहेको कानूनविद्हरु बताउँछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र दर्ता भएमा जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ४१ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका