अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने « Khabarhub

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जुम्ला – अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ ।

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

कार्यालयबाट दुई जना सव–इञ्जिनीयर र कामदार अवरुद्ध ठाउँमा खटाएका छौँ । सडक सञ्चालनका लागि सुर्खेत सडक डिभिजन कार्यालयबाट थप सहयोग माग गरिएको छ । अहिले मेसिनको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको जिटीले बताए ।

यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरा जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनबीच बाटोमै रोकिँदा यात्रुहरु अलपत्रमा परेका छन् ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका स्थानीयवासीलाई दुःख हुने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १० : ०० बजे

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने