शेर्पाबारे पर्यटनमन्त्री भन्छन्- हिमाललाई संसारभर चिनाउने वीरहरू | Khabarhub Khabarhub

शेर्पाबारे पर्यटनमन्त्री भन्छन्- हिमाललाई संसारभर चिनाउने वीरहरू


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शेर्पाहरूलाई हिमाल जोगाउने वीरहरूको संज्ञा दिएका छन् ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोरखाली भनेर चिनिए जस्तै सगरमाथा चिनाउने वीरहरू शेर्पा भएको बताए ।

‘प्रत्येक समाज र देशको आ-आफ्नै संस्कृति छ। वीर गोरखाली र हाम्रा पौरख गर्ने, हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्’, उनले भने, ‘हाम्रा साहसी शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भएको छ। उहाँहरूले संस्कार र संस्कृति गुमाउने हो भने नेपालको आफ्नो अस्तित्व गुम्छ ।’

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्नेसमेत बताए।

‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ। सोलुखुम्बु र त्यस वरपरका मात्रै होइन, संसारभरका विद्यार्थी पढ्ने गरि दायरा विस्तार हुनेमा विश्वास व्यक्त गरेको छु’, उनले भने । मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने पनि विश्वास दिए ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय बलबहादुर केसी र शंकरप्रसाद कोइराला, प्रतिष्ठानका पूर्वअध्यक्षहरू शंकर प्रसाद पाण्डे, प्रेमकुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पा फुटी शेर्पा सम्मानित भए।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : १३ बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा