पाँचथर विस्फोटकप्रति मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण « Khabarhub

पाँचथर विस्फोटकप्रति मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई बालबालिकाको ज्यान जाने गरी पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा भएको विस्फोटकप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विस्फोटमा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो। विस्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

घटनाको कोशी प्रदेश कार्यालयमार्फत अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई भनेको छ।

जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा जथाभाबी छाडिएका विष्फोटक पदार्थ हुन सक्ने आयोगले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ४६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज