योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने चेतावनी « Khabarhub

योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने चेतावनी


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (माओवादी) ले एमालेका सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

भट्टराईले प्रतिनिधिससभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएको भन्दै नेकपाले गृह जिल्लामा प्रतिबन्धका साथै जनकारबाही गर्ने चेतावनी समेत दिएको हो ।

पार्टी सचिव गौरवले एक विज्ञप्ती जारी गर्दै भट्टराईले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘उक्त टिप्पणीप्रति भट्टराईले सार्वजनिक रुपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ । उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौं ।’

सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : २३ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर