बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान « Khabarhub

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कास्की – बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

गत साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १० : ४४ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर