बलिउड : शाहरुख सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन् ? « Khabarhub

बलिउड : शाहरुख सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन् ?


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन् । शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।

जस अनुसार शाहरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबाट कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज रहेको छ भने आईपीएल टिम कोलकाता नाइट राइडर्स समेत रहेको छ ।

त्यस्तै बलिउडमा शाहरुख खान पछि उनकै बिजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकाता नाइट राईडर्स दुवैमा साझेदारी रहेको छ ।

त्यसपछि बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरूमा रणनीतिक लगानी रहेको छ ।

त्यस्तै पाँचौँ स्थानमा बलिउडका निर्माता एवम् निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन हो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १० : ३७ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा