पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई | Khabarhub Khabarhub

पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएकी छन् ।

१७ औं पुस्तकालय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकको विषयलाई व्यवस्थित बनाउनका लागि पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइ छलफलको क्रममा रहेको जानकारी दिएकी हुन् ।

 त्यस्तै उनले २०६४ सालमा बनेको पुस्तकालय नीति अहिलेको सन्दर्भमा परिमार्जन गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले राज्य र पुस्तकालयलाई जोड्नका लागि ऐन आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ गएको धारणा राखिन् । मन्त्री भट्टराईले पुस्तकालयको महत्वलाई जीवनको महत्वपूर्ण अंगको व्याख्या गरिएकाले राज्यले पुस्तकालयको दायित्व राज्यले लिने स्पष्ट पारिन् ।

कार्यक्रममा पुस्तकालय क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ४० बजे

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको

ओली र देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं