रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता « Khabarhub

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ । मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो ।

हेलिकप्टरले मस्को र सेन्ट पिटर्सबर्गका पर्यटकहरू बोकेको थियो र हेलिकप्टर तालमा खसेको जनाएको छ ।

एमआई-८टी हेलिकप्टर १९६० मा डिजाइन गरिएको र यसमा दुईवटा इन्जिन रहेको बताइएको छ । उद्धारकर्मीले बेपत्ता भएको हेलिकप्टरको खोजी सुरु गरेका छन् । हेलिकप्टर बेपत्ता भएको क्षेत्रमा हुरीबतास र कुहिरो देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो हेलिकप्टर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हेलिकप्टरहरू मध्ये एक रहेको बताइएको छ । रूसले यसको १७ हजारभन्दा बढी एकाइहरू बनाएको छ । भारत, चीन, इरानलगायत ५० भन्दा बढी देशले यसको प्रयोग गरिरहेका छन् । यो दुवै नागरिक र सैन्य मा प्रयोग गरिन्छ ।

रुसमा एमआई- ८ पछिल्लो पटक यसै महिनाको सुरुमा, १६ जना सवार हेलिकप्टर रुसको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको थियो ।

 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ५१ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज