मधेस अझै अधिकार सम्पन्न भएको छैन : उपेन्द्र यादव « Khabarhub

मधेस अझै अधिकार सम्पन्न भएको छैन : उपेन्द्र यादव


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकारका लागि मधेसी जनता अझै पनि तत्पर रहनुपर्ने आवश्यकता औंल्याए।

जसपा नेपालको मधेस प्रदेश कमिटीले जनकपुरधाममा आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मधेस अझै पनि अधिकार सम्पन्न हुन नसकेकाले विभिन्न रुपमा आन्दोलन जारी राख्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे।

अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मका मधेसी जनताले आगामी दिनमा मतको लडाइँसमेत लड्नुपर्ने बताए ।

अध्यक्ष यादवले भने, “अन्तरिम संविधानमा लेखिएको छ, मधेस प्रदेशसहितको अन्य प्रदेश तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।”

तथापि अब आगामी दिनमा अहिलेको आठ जिल्लाको मधेसलाई समग्र मधेस प्रदेशका लागि मधेसी जनताले मतको लडाइँ लड्न बाँकी रहेको उनले उल्लेख गरे ।

यो आठवटा जिल्लामात्र मधेस नरहेको उल्लेख गर्दै नेता यादवले अबको लडाइँ आन्दोलनबाट नभई मतको लडाइँ गर्न तयारी थाल्नुपर्ने आवश्यकता औँल्याए । यता अभिमुखीकरण कार्यक्रममा आठवटा जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १० : ५५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि