तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने « Khabarhub

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनर्वास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ ।

‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ’, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने ।

प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ ।

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो ।

भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ५७ बजे

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान