चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह « Khabarhub

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।

परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र हाेचाे भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ । खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिए ।

माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठूलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ ।

यसैबीच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।

मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपतकालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ११ बजे

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक

च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर

काठमाडौं– विश्व प्रसिद्ध च्छोरोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो

जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेविरुद्ध मुद्दा 

लुम्बिनी– जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरू रूपन्देहीमा पक्राउ

गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

म्याग्दी– दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर

भारतको सहयोगमा निर्मित प्यूठानस्थित दाङवाङ माविको भवन उद्घाटन

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्यूठानको ऐरावती