रुसको सीमा क्षेत्र र राजधानीमा युक्रेनको ड्रोन आक्रमण « Khabarhub

रुसको सीमा क्षेत्र र राजधानीमा युक्रेनको ड्रोन आक्रमण


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँच वटा ड्रोन ध्वस्त भएको बताएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरू ध्वस्त भएका छन् । उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ । दुई वटा इन्धन स्टेसन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।’ यद्यपि रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ ।

ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ ।  यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो, जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन् ।

यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।

पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाएको केही घण्टापछि भएको हो । जेलेन्स्की आफैंले जान मिकोला ओलेस्चुकलाई आफ्नो पदबाट हटाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : १४ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै