एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय | Khabarhub Khabarhub

एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय

मनाङे र देवकोटालाई नहटाउने मुख्यमन्त्रीको अडान


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए अब दुईवटा थपिएपछि ९ पुगेका छन् ।

मु‍ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।

गण्डकीमा सत्तासाझेदार दल नेकपा एमाले हालसम्म सरकारमा गएको छैन । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान लिएका छन् । तर उनको यो अडानले गण्डकीमा एमाले बिच्किएको छ ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटाबाट बनाउन दबाब दिएको थियो । यस्तोमा एमालेलाई चार मन्त्रालय दिने गरी मुख्यमन्त्री पाण्डेले दुई मन्त्रालय फुटाएका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ४३ बजे

प्रयागराज महाकुम्भमा पहिलो पटक अन्डरवाटर ड्रोनको प्रयोग

नयाँदिल्ली– महाकुम्भ २०२५ ले विश्वभरका भक्तहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ,

खैरहनी महोत्सवमा महको स्टल

मुग्लिन – तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर

भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर

भोजपुर- भोजपुरमा एउटा स्कोर्पिओ दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ

तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

बेरुत – बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर