अब छिट्टै शिक्षा ऐन ल्याउछौँ : शिक्षामन्त्री भट्टराई « Khabarhub

अब छिट्टै शिक्षा ऐन ल्याउछौँ : शिक्षामन्त्री भट्टराई


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पोखरा–३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसद्मा छलफल भइरहेको बताइन् ।

मन्त्री भट्टराइएले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारीसमेत दिइन ।

“विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भनिन्, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ०७ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी