पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण | Khabarhub Khabarhub

पहिलो किस्ताको पाँच अर्ब बुझाएर एनसेलको अनुमतिपत्र नवीकरण


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो पाँच वर्षको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गरेको छ ।

गत भदौ १३ गते मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एनसेलले नवीकरण शुल्कबापत लाग्ने पहिलो किस्ता ५ अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गरेको हो ।

‘एनसेलले मन्त्रिपरिषद्को‍ निर्णयअनुसार पहिलो किस्ताबापत लाग्ने रकम बुझाएर सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गरेको छ’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबसँग भने, ‘बाँकी ३ किस्ता १० प्रतिशत ब्याजसहित बुझाउन सक्नेगरी नवीकरण भएको छ ।’

दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावलीको व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिन ३ महिनाअगाडि अर्थात् गत जेठ १५ गतेभित्रै २० अर्ब बढी रकम बुझाएर अनुमतिपत्रको नवीकरण गर्नुपर्नेमा एनसेलले किस्ता सुविधा मागे थियो । त्यहीकारण एनसेलको नवीकरण अड्किएको थियो ।

सरकारले भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकबाट एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन सक्नेगरी निर्णय गरेको थियो । सरकारको त्यही निर्णयअनुसार एनसेलले पहिलो किस्ता बापत लाग्ने ५ अर्ब रुपैयाँ बुझाएर आइतबार मात्रै अनुमतिपत्र नवीकरण गरेको हो ।

एनसेलले गत जेठ १४ गते नै नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब रूपैयाँ बुझाएर बाँकी रकमको लागि किस्ता सुविधा दिन माग गरेको थियो । तर, कानूनअनुसार प्राधिकरणले उक्त विषयमा निर्णय गर्नसक्ने व्यवस्था नभएका कारण निर्णय हुन सकेको थिएन ।

पछिल्लो सेवा सञ्चालन अनुमतिपत्रको नवीकरणसँगै एनसेलले आगामी पाँच वर्षसम्म अब सेवा सञ्चालन गर्न पाउने छ । त्यसपछि भने ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार एनसेल स्वतः सरकारको स्वामित्वमा आउने आउने व्यवस्था छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ०३ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार