इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने « Khabarhub

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवा प्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिए ।

‘इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ’, उनले भने ।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको छ ।

यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवा प्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ ।

पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : ३९ बजे

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका

पहिरोका कारण विभिन्न सडकखण्डहरू अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग

‘बागमतीमा बढ्यो घरजग्गाको कारोबार, मधेसमा घट्यो’

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पोख्रेल पुर्पक्षका लागि थुनामा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै