सडकमा देखिन थाले डरलाग्दा खाल्डा, चालक भन्छन्- सवारीसाधन जोगाएर चलाउनै मुस्किल « Khabarhub

सडकमा देखिन थाले डरलाग्दा खाल्डा, चालक भन्छन्- सवारीसाधन जोगाएर चलाउनै मुस्किल


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोलबजार– हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । हुलाकी सडकको पक्की सडक बाटोमा तीव्र गतिमा आउने गाडीहरू अचानक पुलको खाल्डामा परी दुर्घटना हुने गरेको स्थानीय ब्रजेशकुमार यादवले बताए ।

पुलमा खाल्डा परेपछि सवारीसाधन जोगाएर चलाउनै मुस्किल भएको टेम्पु चालक रामध्यानी यादवले बताइन्। तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने गरेको यादवको गुनासो छ । पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन रहेकाले चालकले हुलाकी सडक रोज्ने गर्छन् तर खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक मदनी साहले तीव्र गतिमा गुडाइने मोटरसाइकललगायत अन्य सवारी खाल्डोमा परेर दुर्घटना हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्ने गरिएको बताइन् । खडक पुलमा दुर्घटना रोक्न अस्थायी ट्राफिक प्रहरी पोष्ट बोदेबरसाइनलाई परिचालन गरी ट्राफिक सचेतना कार्यक्रम गर्दै आइएको उनले जानकारी दिइन् ।

खाल्डा पुर्ने नियामक निकाय हुलाकी सडक योजना कार्यालय इटहरीले चासो नदिँदा विगत एक वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद चौधरीको गुनासो छ । पटक पटक सरोकार भएकाहरूको ध्यानाकर्षण गरिए पनि समस्या समाधान नभएको उनले बताए ।

हुलाकी सडक योजना कार्यालय इटहरीका इन्जिनियर समपतलाल दासले पुल मर्मतका लागि छुट्टै बजेट नभएकाले समस्या समाधान गर्न नसकिएको बताए  ।

उनले स्रोत व्यवस्थापनका लागि पहल भइरहेकाले चाँडै पुल मर्मत गरिने प्रतिबद्धता व्यक्त गरे । खडक पुल ११ करोड ७३ लाख ९३ हजार रुपैयाँ (भ्याटसहित) मा इलाइट/सूर्या जेभीले विसं २०७९ असोज २७ गते पुल निर्माण सम्पन्न गरेको थियो । छोटो समयमै पुलमा खाल्डा परेपछि गुणस्तरीय काम नगरिएको भन्दै विरोध गरिरहेका छन् ।

स्थानीय विद्यानारायण यादवले हुलाकी गुणस्तरीय कार्य गराउन नसक्दा पुलमा खाल्डाखुल्डी पर्न थालेको आरोप लगाउनुहुँदै तत्काल मर्मत गर्न सरोकार भएका निकायलाई आग्रह गरे ।

‘यति चाँडै समस्या कसरी आयो भनेर आवश्यक छानबिन गरी हुलाकी सडक आयोजनाले तत्काल मर्मतका काम अगाडि बढाउनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले