आठ लाख ४० हजारका आइफोनसहित एक पक्राउ | Khabarhub Khabarhub

आठ लाख ४० हजारका आइफोनसहित एक पक्राउ


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कैलाली – प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट रु आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।

चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : १७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित