आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। परिवारका सादस्यसँगै बसेर मिठो खाने अवसर मिल्नेछ। लगानी भए प्राविधिक क्षेत्रमा नाफा हुनेछ। बाहिरी रमझमले तपाईंको मन आकर्षित हुनेछ।
वृष : तपाईंको बोलीको चर्चा हुनेछ। समाज, समूह र राजनीतिक संगठनमा हुने वैचारिक चर्चाले मन हलुका हुनेछ। वैदेशिक रोजगारीमा भन्दा स्वदेशको श्रमबाट नाफा हुनेछ। लगानीका अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्यमा लाभ मिल्नेछ।
मिथुन : महत्त्वपूर्ण निर्णयका लागि अर्को व्यक्तिलाई कुर्नुपर्ने भएकाले अप्ठेरोमा दिन बित्नेछ। सञ्चित धन खर्च हुनेछ। तपाईंको शैली देखेर परिवारमा खटपटी बढ्नेछ। अप्ठेरो परिस्थितिमा दाजुभाइ र बन्धुको सहयोग प्राप्त हुनेछ।
कर्कट : न्याय पूर्वक आर्जन गरेको इज्जत र प्रतिष्ठानमा धावा बोल्नेहरु सक्रिय रहेका छन्। धन कमाउने स्रोत पत्ता लाग्ने दिन छ। न्यायको क्षेत्रमा तपाईंको झुकाब रहनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : आज धेरैले तपाईंको आशा र भरोसा गरेका छन्। तपाईंले बोलिदिनुभयो भने मात्र सहयोग र शिक्षा दुवै प्राप्त हुनेछ। धैर्य गरेमा आँटेका काम बन्नेछन्। मन बढी चञ्चल रहेकाले निर्णय क्षमता कमजोर हुनसक्छ। परिवारसँगको विवादमा आफू हारेर परिवारका सदस्यलाई जितको अनुभूति दिलाउनुपर्ने देखिन्छ।
कन्या : नसोचेको खर्च बढ्नेछ। आफ्नै होला भनेका मान्छेबाट धोका हुनेछ। संकटमा तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : लगानी गर्दा विवेक प्रयोग गरेमा तपाईंको उचाई बढ्नेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परोपकारी संघ र संस्थाले सम्मान गर्नेछन्। शुभ ग्रहको बहुमत भएकाले लगानीको क्षेत्रमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक : साना कुराले झन्झट आइपर्ने योग छ। दैनिक काममा भन्दा ठुलो उद्योग र व्यापारमा अगाडि बढ्नु राम्रो हुनेछ। राज्यका हरेक ठाउँबाट सेवाको अवसर पत्ता लाग्नेछन्। परिवारले रचनात्मक साथ र सहयोग गर्ने दिन छ।
धनु : मन अशान्त हुँदा हरेक ठाउँको व्यवस्थापन असहज बन्नेछ। शिक्षा नै धन हो भनेर बुझ्ने अवसर मिल्नेछ। अन्तरक्रियामा भाग लिने अवसरले मन शान्त हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।
मकर : आज गर्ने कार्य योजना सहज छन्। सांगठानिक एकताले मनमा उत्साह थपिनेछ। बन्धुले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्नाले मन दुःखी हुनेछ। परिवारमा भने सम्बन्ध सुमधुर र सहज बन्नेछ।
कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सानो कुराले मन लामो समयसम्म अशान्त बन्नेछ। अध्यात्मको अनुशरण गरेमा दिन शान्त बन्नेछ। लगानीको क्षेत्रमा मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
मीन : स्वास्थ्यमा देखिने समस्याले सताउने छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफ्ना दैनिकी शान्त र सहज छछन्। लगानीका क्षेत्रमध्ये पविधिक र बौद्धिक क्षेत्रले उत्साहित बनाउने छ। बौद्धिक व्यक्तिसँगको परामर्शले फाइदा हुनेछ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : २० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने