आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। परिवारका सादस्यसँगै बसेर मिठो खाने अवसर मिल्नेछ। लगानी भए प्राविधिक क्षेत्रमा नाफा हुनेछ। बाहिरी रमझमले तपाईंको मन आकर्षित हुनेछ।
वृष : तपाईंको बोलीको चर्चा हुनेछ। समाज, समूह र राजनीतिक संगठनमा हुने वैचारिक चर्चाले मन हलुका हुनेछ। वैदेशिक रोजगारीमा भन्दा स्वदेशको श्रमबाट नाफा हुनेछ। लगानीका अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्यमा लाभ मिल्नेछ।
मिथुन : महत्त्वपूर्ण निर्णयका लागि अर्को व्यक्तिलाई कुर्नुपर्ने भएकाले अप्ठेरोमा दिन बित्नेछ। सञ्चित धन खर्च हुनेछ। तपाईंको शैली देखेर परिवारमा खटपटी बढ्नेछ। अप्ठेरो परिस्थितिमा दाजुभाइ र बन्धुको सहयोग प्राप्त हुनेछ।
कर्कट : न्याय पूर्वक आर्जन गरेको इज्जत र प्रतिष्ठानमा धावा बोल्नेहरु सक्रिय रहेका छन्। धन कमाउने स्रोत पत्ता लाग्ने दिन छ। न्यायको क्षेत्रमा तपाईंको झुकाब रहनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : आज धेरैले तपाईंको आशा र भरोसा गरेका छन्। तपाईंले बोलिदिनुभयो भने मात्र सहयोग र शिक्षा दुवै प्राप्त हुनेछ। धैर्य गरेमा आँटेका काम बन्नेछन्। मन बढी चञ्चल रहेकाले निर्णय क्षमता कमजोर हुनसक्छ। परिवारसँगको विवादमा आफू हारेर परिवारका सदस्यलाई जितको अनुभूति दिलाउनुपर्ने देखिन्छ।
कन्या : नसोचेको खर्च बढ्नेछ। आफ्नै होला भनेका मान्छेबाट धोका हुनेछ। संकटमा तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : लगानी गर्दा विवेक प्रयोग गरेमा तपाईंको उचाई बढ्नेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। परोपकारी संघ र संस्थाले सम्मान गर्नेछन्। शुभ ग्रहको बहुमत भएकाले लगानीको क्षेत्रमा हिम्मत गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक : साना कुराले झन्झट आइपर्ने योग छ। दैनिक काममा भन्दा ठुलो उद्योग र व्यापारमा अगाडि बढ्नु राम्रो हुनेछ। राज्यका हरेक ठाउँबाट सेवाको अवसर पत्ता लाग्नेछन्। परिवारले रचनात्मक साथ र सहयोग गर्ने दिन छ।
धनु : मन अशान्त हुँदा हरेक ठाउँको व्यवस्थापन असहज बन्नेछ। शिक्षा नै धन हो भनेर बुझ्ने अवसर मिल्नेछ। अन्तरक्रियामा भाग लिने अवसरले मन शान्त हुनेछ। परिवारको सकारात्मक साथ र सहयोग मिल्नेछ।
मकर : आज गर्ने कार्य योजना सहज छन्। सांगठानिक एकताले मनमा उत्साह थपिनेछ। बन्धुले अप्ठेरो परिस्थितिमा साथ दिनेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्नाले मन दुःखी हुनेछ। परिवारमा भने सम्बन्ध सुमधुर र सहज बन्नेछ।
कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सानो कुराले मन लामो समयसम्म अशान्त बन्नेछ। अध्यात्मको अनुशरण गरेमा दिन शान्त बन्नेछ। लगानीको क्षेत्रमा मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
मीन : स्वास्थ्यमा देखिने समस्याले सताउने छ। खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफ्ना दैनिकी शान्त र सहज छछन्। लगानीका क्षेत्रमध्ये पविधिक र बौद्धिक क्षेत्रले उत्साहित बनाउने छ। बौद्धिक व्यक्तिसँगको परामर्शले फाइदा हुनेछ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ५ : २० बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको