आईसीसी विश्वकप लिग–२ : अभ्यास खेलमा आज नेपाल र श्रीलंका भिड्ने « Khabarhub

आईसीसी विश्वकप लिग–२ : अभ्यास खेलमा आज नेपाल र श्रीलंका भिड्ने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एकदिवसीय अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ ।

यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकाेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

यस अभ्यास खेल पछि नेपाली टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : २९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको