‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारत सकारात्मक भएको छ’ « Khabarhub

‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारत सकारात्मक भएको छ’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटबारे सकारात्मक छलफल भएको बताएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएकी हुन् ।

‘मैले भारतसँग नयाँ हवाई रुटबारे कुरा राखेकी छु । टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ’, उनले भनिन्, ‘भैरहवा र महेन्द्रनगर हवाई रुटबारे भारतसँग कुरा भएको छ।’

त्यस्तै उलेन पन्चेश्वरबारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको बताउँदे अब काम अघि बढाउने कुरा भएको जानकारी दिइन् ।

नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनबारे कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा कुरा गर्ने उल्लेख गरेकी छन् ।

त्यस्तै भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणासहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले बताइन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ३५ बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना