मुस्लिम आयोगका अध्यक्ष मियाँलाई भारतमा मानार्थ पीएचडी | Khabarhub Khabarhub

मुस्लिम आयोगका अध्यक्ष मियाँलाई भारतमा मानार्थ पीएचडी


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई भारतलाई मानार्थ पीएचडीको उपाधि प्रदान गरिएको छ ।

भारतको इन्सटिच्युट अफ अन्टरप्रेनरसिप एन्ड म्यानेजमेन्ट स्टडिजले आयोगका अध्यक्ष अन्सारीलाई सामाजिक सक्रियता र राष्ट्र निर्माणमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै मानार्थ पीएचडीको उपाधि प्रदान गरेको हो ।

अमेरिकाको काउन्सिल अफ ट्रेनिङ एन्ड डेभलभमेन्टबाट मान्यता प्राप्त उक्त इन्सिटिच्युटले भारतमा व्यवस्थापन र व्यक्तित्व विकाससम्बन्धी विभिन्न विषयका अध्ययन तथा अध्ययपन गर्दै आएको छ । यो एउटा अटोनमस भर्च्युल मोड युनिभर्सिटीका रूपमा पनि चिनिन्छ ।

उक्त शैक्षिक संस्थाले आयोगका अध्यक्ष अन्सारीलाई सामुदाय विकासका लागि महत्वपूर्ण कार्य गरेको भन्दै कदर स्वरूप उक्त उपाधि प्रदान गरिएको अन्सारीको सचिवालयले जनाएको छ ।

मुस्लिम समुदायको उन्नयनमा शैक्षिक तथा खेलकुदलगायत विद्यार्थीहरूका लागि उनले विभिन्न किसिमका कार्यहरू गर्दै आएका छन् ।

नेपालमा रहेका मुस्लिम समुदायलाई शिक्षा,राज्यको पहुँचमा ल्याउन,सरकारी स्तरमा मुस्लिम समुदायको प्रतिनिधित्वलगायत सामाजिक विषयका क्षेत्रमा आयोगमार्फत उनले काम गर्दै आएका छन् ।

अन्सारीले कोरोनाकालमा पनि नेपालका पीडित मुस्लिम समुदायका लागि महत्वपूर्ण कार्य गर्दै मस्जिद तथा मदरसा व्यवस्थापनमा अग्रपंक्तिमा खटिएका थिए ।

मियाँलाई उक्त उपाधि प्रदान गर्दखा भारतका सर्वोच्च अदालतका न्यायाधीश, भारतको महाराष्ट्र राज्यका डेपुटी कमिस्‍नर लगायत अमेरिकी प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १ : ५४ बजे

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा