यस्ता छन् कतारका लागि प्रस्तावित राजदूत पौडेलका कार्ययोजना | Khabarhub Khabarhub

यस्ता छन् कतारका लागि प्रस्तावित राजदूत पौडेलका कार्ययोजना

नेपाली श्रमिकको हितमा क्रियाशील हुने प्रतिबद्धता


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलबारे संसदीय सुनुवाइ गरेको हो ।

त्यस क्रममा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरे ।

उनले नेपाल र नेपालीको सर्वोपरि हित रक्षा गर्नु र प्रवर्द्धन गर्ने, कतार सरकारसँगको सम्बन्ध विस्तार र सवल बनाउन नेपालको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने बताए ।

कतार र नेपालबीच श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम् प्रयास गर्ने उनले बताए ।

रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगायतका कार्य गर्ने पौडेलले उल्लेख गरे ।

यसअघि समितिले आइतबार र सोमबार इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल, चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने जनाएको छ । त्यस्तै भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका समितिले बनाएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ११ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार