उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता « Khabarhub

उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।

गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरूका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो ।

सोही सम्झौताअन्तर्गत वीरले केन्द्रसँग सम्झौता गरेको हो । सार्वजनिक खरिद ऐनअन्तर्गत गरिएको सम्झौताअन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरूले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्टाउनेछन् ।

त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ ।

अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत, साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए । उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए ।

केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरूले केन्द्रमार्फत मर्मत प्रक्रिया अघि बढाएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : २९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी