उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता | Khabarhub Khabarhub

उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।

गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरूका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो ।

सोही सम्झौताअन्तर्गत वीरले केन्द्रसँग सम्झौता गरेको हो । सार्वजनिक खरिद ऐनअन्तर्गत गरिएको सम्झौताअन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरूले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्टाउनेछन् ।

त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ ।

अस्पतालका बिग्रिएका उपकरणको सदुपयोग हुने र अर्कोतिर स्वदेशी स्रोत, साधन र जनशक्तिको उपयोग हुने उद्देश्यका साथ मन्त्री पौडेलले केन्द्रलाई मर्मतमा सघाउन आग्रह गरेका थिए । उनले कम खर्चमै स्वदेशी सीपको माध्यमबाट केन्द्रमार्फत स्वास्थ्य उपकरणको मर्मतमा सहयोग हुने विश्वास गरेका थिए ।

केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि मन्त्रालयगत सम्झौता भएकामा अब अस्पतालहरूले केन्द्रमार्फत मर्मत प्रक्रिया अघि बढाएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : २९ बजे

ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं–  काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

कास्की– तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानका वाणिज्य बैंकहरुले अवैधानिक रुपमा ठूलो