१० वर्षमा ३० गुणाले बढ्यो भारतीय रक्षा उपकरण निर्यात « Khabarhub

१० वर्षमा ३० गुणाले बढ्यो भारतीय रक्षा उपकरण निर्यात


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको रक्षा उपकरण निर्यात पछिल्लो १० वर्षमा ३० गुणाले बढेको छ । रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धजस्ता द्वन्द्वका कारण भारतको निर्यात अझ बढ्नै अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष सन् २०२३–२४ मा भारतले २ अर्ब ६३ करोड अमेरिकी डलर बराबरको रक्षा उपकरण निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ३२.५ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष भारतले १ अर्ब ९० करोड डलर बराबरको निर्यात गरेको थियो । एक दशकअघि आर्थिक वर्ष सन् २०१३–१४ को तुलनामा सन् २०२३–२४ मा भारतको निर्यात ३१ गुणा धेरै रहेको जनाइएको छ ।

भारतीय रक्षा उपकरणको सबैभन्दा ठूलो निर्यात गन्तव्य अमेरिका रहे पनि अफ्रिकासहित विश्वका अन्य भागमा समेत निर्यात हुने गरेको भारतको द प्रिन्ट अनलाइनले जनाएको छ । हाल भारतले विश्वका ९० देशमा रक्षा उपकरण निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ४४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले