युक्रेनी सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ४१ जना मारिए « Khabarhub

युक्रेनी सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ४१ जना मारिए


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कियभ- मंगलबार भएको एउटा रूसी मिसाइल आक्रमणमा परेर युक्रेनको पूर्वी क्षेत्रमा कम्तीमा पनि ४१ जना मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले उक्त घटनाबारेमा जानकारी दिएका हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मंगलबार बताएअनुसार रूसी मिसाइल आक्रमणमा ४१ जनाको ज्यान जाँदा १८० जना घाइते भएका छन् ।

जेलेन्स्कीका अनुसार यो आक्रमण देशको पूर्वी भागमा अवस्थित सहर पोलताभामा गरिएको थियो ।

जेलेन्स्कीले शैक्षिक संस्था र अस्पतालमा उक्त हमला भएको दाबी गरेका छन् । रुसले उक्त शहरमा दुई ब्यालिस्टिक मिसाइल हानेको थियो ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार पोलताभा लागि यो भयानक दिन हो । मन्त्रालयले एयर रेड साइरन र मिसाइल हमलाबीचको समय एकदमै कम हुँदा मानिसहरू बम सेल्टरमा जाने क्रममा धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले