कतारका श्रमिकको समस्या समाधान गर्न राजदूतलाई सुझाव « Khabarhub

कतारका श्रमिकको समस्या समाधान गर्न राजदूतलाई सुझाव


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन् । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेललाई बोलाएर सांसदहरूले श्रमिकहरूको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिएका हुन्  ।

पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘कतारमा रहेका श्रमिकहरू समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,’ उनले भने, ‘यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु ।’

तोकिएको जिम्मेवारी पूरा गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्ने उनले जानकारी दिए । ‘नेपालमा कतारको लगानी भित्र्याउन पहल गर्ने छु,’ उनले भने । समितिको सभापति इश्वरीदेवी न्यौपानेले नेपालसँग कतार र इरानबीचको सम्बन्ध विस्तारमा देशका प्रतिनिधिको हैसियतले राजदूतको भूमिका महत्त्वपूर्ण हुने बताइन्  ।

सांसद महेशकुमार बर्तौलाले कतारमा रहेका श्रमिकहरूले श्रम सम्झौता भएबमोजिम सुविधा पाए नपाएको अध्ययन गरेर समस्या समाधान गर्न पौडेललाई सुझाव दिए । ‘चार लाख नेपाली कतारमा श्रमका लागि गएका छन्, कतिले समस्या भोगिरहेका छन् । उनीहरूको समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुस्,’ उनले भने ।

अर्का सांसद लीलानाथ श्रेष्ठले कतारमा मृत्युवरण गर्ने नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन गाह्रो भएकाले उक्त समस्या समाधान गर्नुपर्ने सुझाव दिए । सांसद जगप्रसाद शर्माले तेल र ग्याँसबाट कतार, इरान धनी भइरहेकाले त्यहाँको सिकाइ र प्रविधि मुलुकमा भित्र्याउन सके अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

सांसद ज्ञानेन्द्रबहादुर कार्की, इश्वरी घर्ती, श्यामप्रसाद घिमिरेले कतारमा देखिएको श्रम समस्या समाधान, लगानी भित्र्याउन पहल, स्वदेशी वस्तु निर्यात प्रवर्द्धनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्  ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : ३४ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री